ad ad

समाज


ईः र महानगरबीच सहमति, फुटपाथ व्यवसायीले बरामद सामान फिर्ता पाउने

ईः र महानगरबीच सहमति, फुटपाथ व्यवसायीले बरामद सामान फिर्ता पाउने

नेपालखबर
असोज १०, २०८० बुधबार २१:१५, काठमाडौँ

काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति भएको छ।

महानगरपालिकाको वार्ता टोली र ईःबीच बुधबार साँझ सहमति भएको काठमाडौं महागरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

दुई पक्षबीच भएको चार बुँदे सहमति अनुसार फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईः को आन्दोलन फिर्ता गर्ने सहमति भएको हो।

अभियन्ता ईः फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका थिए।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बुधबार फेसबुकमा लामो स्ट्याटस लेखी अभियन्ता ईः का माग पूरा गर्ने अधिकार आफूसँग नरहेको बताएका थिए।

ईःलाई बालेन्द्रको पत्र : तपाईंका माग पूरा गर्न सकिँदैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .