ad ad

समाज


सुन तस्करी प्रकरण : प्रतिवादीको बयान सकियो, बुधबारदेखि थुनछेक बहस हुने

सुन तस्करी प्रकरण : प्रतिवादीको बयान सकियो, बुधबारदेखि थुनछेक बहस हुने

नेपालखबर
असोज ९, २०८० मंगलबार २१:१०, काठमाडौँ

काठमाडौंको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ।

उक्त प्रकरणमा संलग्न प्रतिवादीको आज बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले राससलाई जानकारी दिए। 

उनका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस सुरु हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .