ad ad

समाज


ई:लाई उपमेयर डंगोलले भनिन् : कार्यकारी भूमिकामा नभए पनि समन्वय गर्छु

ई:लाई उपमेयर डंगोलले भनिन् : कार्यकारी भूमिकामा नभए पनि समन्वय गर्छु

नेपालखबर
असोज ९, २०८० मंगलबार १३:४४, काठमाडौँ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित राष्ट्रिय सभागृह अघि उभिएका ईःलाई भेटेकी छन्। 

राष्ट्रिय सभागृहको गेटमै भेट्न पुगेकी उपप्रमुख डंगोलले करिब २० मिनेट कुराकानी गरिन्। 

भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मानवीय संवेदनाका हिसाबले पनि भेट्न आएर मागबारे जानकारी लिएको बताइन्।

‘ईः लगायत केही दिनदेखि आफ्नो माग पूरा गर्नुपर्छ भनेर आन्दोलनमा हुनुहुन्छ,’ डंगोलले भनिन्, ‘मैले उहाँहरुसँग आज भेट गरेँ। मैले उहाँहरुलाई भेट्नुको उदेश्य मानवीय हिसावले जे भइरहेको छ, त्यो संवेदनशील छ भन्ने मनन गरेर हो।’ 

उपमेयर डंगोलले जनताका कुरा तर्कसंगत छन् वा छैनन् त्यो फरक कुरा भएको भन्दै कुरा सुन्नुपर्ने बताइन्।

‘मैले उहाँहरुसँग भेट गरेँ, उहाँहरुका कुरा सुनेँ,’ डंगोलले भनिन्, ‘म काठमाडौं महानगरपालिकाको उपप्रमुखको हैसियतमा छु, कार्यकारी भूमिकामा छैन। त्यसैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्ने मेरो कार्यकारी जिम्मेवारी छैन।  मैले गर्न सक्ने भनेको समन्वय हो। समन्वयकारी भूमिका गर्दै आएको छु।’ 

काठमाडौंभित्र व्यवस्थापन गर्नुपर्ने धेरै कुरा रहेका भन्दै डंगोलले त्यो नयाँ नेतृत्वका लागि चुनौतीसँगै अवसर पनि भएको बताइन्। 

‘हामीले सडक व्यापारीको कुरा गर्दा व्यवस्थापनको विषय काठमाडौं महानगरपालिकाको मात्रै अवश्य होइन,’ उनले भनिन्, ‘त्यसैले केन्द्र सरकारबाट काठमाडौं महानगरकेन्द्रित मात्रै नभएर एकीकृत हिसावले नीति ल्याउन जरुरी छ। देशभरीको यो मुद्दालाई उठान र सँगसँगै सम्वोधन हुने गरी नीति बनाउन जरुरी छ। काठमाडौं महानगरले एउटा नीति बनाउला, फेरि अर्को नगरले अर्को नीति बनाउला त्यस्तो अवस्थामा नीति बाझिनेबित्तिकै समस्या थप जटिल बन्न सक्छ।’ 

उनले दीर्घकालीन समस्या समाधानका लागि एकीकृत नीति चाहिने त्यसका केन्द्र सरकारकार र प्रदेश सरकारका सबैलाई आग्रह गरिन्। 

ईः ले १६५ घण्टाभन्दा बढी समयदेखि उभिएको भन्दै सडक, साइकल, गाडा र परम्परागत खर्पनमा बोकेर व्यापार गर्नेहरु र हुँदा खाने वर्गलाई वैकल्पिक स्थान र समयमा सामान्य शुल्क लिएर व्यवस्थापन गर्नुपर्ने माग गरेको उल्लेख गरे। 

‘त्यो हाम्रो माग पनि होइन, चुनावअघि उहाँहरुले प्रतिवद्धता गरेको कुरा सम्झाएको मात्रै हो। यो विषयमा उपेयर डंगोल सम्वेदनशील देखिनु भएको छ। यो स्वागतयोग्य कुरा हो,’ उनले भने, ‘उहाँले प्रतिबद्धता पनि जनाउनु भएको छ। यो विषयको समाधानका लागि उहाँले पहल लिनुहुनेछ र हिजोको बाचा आज पनि उहाँले बिर्सिनु भएको छैन भन्ने लागेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .