एक लाख हङकङ डलरभन्दा बढीको लागूऔषध तस्करी गरेको आरोपमा सोमबार हङकङमा एक महिला पक्राउ परेकी छन्।
विशेष सूचनाका आधारमा सोमबार वनचाइ प्रहरीले नर्थ प्वाइन्ट इलेक्ट्रिक रोडबाट ४३ वर्षीया महिलालाई पक्राउ गरेको हो।
उनीसँग प्रहरीले १२ ग्राम कोकिन, ५ ग्राम क्रिस्टल मेथ, २४० ग्राम गाँजा, गाँजा प्याक गरिएका १३७ झोला, ६३ ग्राम गाँजा तेल, ८५ पिस एक्स्टेसी पिल्स, २०९ पिस एलसीडी स्ट्याम्प लगायतका लागूऔषध पनि बरामद गरेको छ।
बरामद लागूऔषधको मूल्य एक लाख हङकङ डलरभन्दा बढी रहेको बताइएको छ।
पक्राउ परेकी महिला अहिले प्रहरीको हिरासतमा छन्।
हङकङमा खतरनाक लागूऔषध ओसारपसार गर्नु गम्भीर अपराध मानिन्छ।
लागूऔषध ओसारपसारमा दोषी ठहरिएमा ५० लाख हङकङ डलरसम्म जरिवाना र आजीवन कारावासको सजाय हुने कानुनी व्यवस्था छ।
असोज ९, २०८०, मंगलबार
प्रतिक्रिया