ad ad

समाज


नयाँ अनुसन्धान भन्छ- शरीरले २७ प्रकारका प्रेम महसुस गर्छ

मनदेखि मस्तिष्कसम्म प्रभाव
नयाँ अनुसन्धान भन्छ- शरीरले २७ प्रकारका प्रेम महसुस गर्छ

नेपालखबर
असोज ७, २०८० आइतबार २१:५०, काठमाडौँ

अनुसन्धानकर्ताहरूले मानव शरीरको नक्सा बनाएका छन्, जसले प्रेमका विभिन्न भावना र तीव्रता देखाउँछ।

फिनल्यान्डको आल्टो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सयौं मानिसमा गरिएको सर्वेक्षणको तथ्याङ्क प्रयोग गरी उक्त नक्सा बनाएका हुन्। 

यी व्यक्तिहरूबाट २७ विभिन्न प्रकारका प्रेम अनुभवका बारेमा जानकारी संकलन गरिएको थियो। 

उदाहरणका लागि, रोमान्टिक प्रेम, यौनिक प्रेम, आमाबाबुप्रतिको माया, साथीप्रतिको प्रेम, अपरिचित, प्रकृति, भगवान् तथा आफैँप्रतिको प्रेम।

यी व्यक्तिहरूलाई यो पनि सोधिएको थियो कि उनीहरूले आफ्नो शरीरमा विभिन्न प्रकारको प्रेम महसुस गर्छन् र उनीहरूले शारीरिक र मानसिक रूपमा कति तीव्रताका साथ महसुस गर्छन्।

यो अध्ययन विज्ञान जर्नल ‘फिलोसोफिकल साइकोलोजी’ मा प्रकाशन भएको छ।

प्रेमको तीव्रता
अनुसन्धानकर्ताहरूका अनुसार प्रेमको तीव्र अनुभूति शरीरभरि महसुस गरिएको थियो। यो कुरा उच्च शिक्षा हासिल गरिरहेका युवतीहरूले दिएको प्रतिक्रियाबाट पत्ता लागेको थियो। 

अध्ययनका संयोजक दार्शनिक पार्टिली रिनेले भने, ‘यद्यपि यो अचम्मको कुरा होइन, ध्यान दिन लायक कुरा के छ भने नजिकको सम्बन्धसँग जोडिएको प्रेमको भावना समान हुन्छ र सबैभन्दा तीव्र रूपमा महसुस गरिन्छ।’

‘विशेष गरी एकअर्कासँग नजिक भएका प्रेमका प्रकारमा यौन र रोमान्टिक पक्षहरू हुन्छन्’, रिनेले थपे। 

अनुसन्धानकर्ताहरूका अनुसार सबै प्रकारको प्रेम सबैभन्दा बढी दिमागमा महसुस भएको पाइयो तर यसको तीव्रता शरीरका विभिन्न भागमा फरक–फरक पाइयो। कसैलाई छातीमा बढी असर गर्‍यो भने अन्यलाई शरीरभरि महसुस भयो। 

मनदेखि मस्तिष्कसम्म प्रभाव
‘एउटा भावनाको शारीरिक र मानसिक तीव्रता र यसको सुखद अनुभूति बीचको बलियो सम्बन्ध खोज्नु पनि रोचक थियो’, रिनेले भने।

‘शरीरमा जति धेरै मायाको अनुभूति हुन्छ, त्यति नै बढी मानसिक रूपमा अनुभूति हुन्छ र यो धेरै सुखद हुन्छ।’

यस विषयमा थप अनुसन्धान गर्नुपर्ने रिनेले बताए। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .