ad ad

समाज


काठमाडौंमा दिउँसै सुनको सिक्री लुटपाट गर्ने समूह पक्राउ

काठमाडौंमा दिउँसै सुनको सिक्री लुटपाट गर्ने समूह पक्राउ

नेपालखबर
असोज २, २०८० मंगलबार १५:३४, काठमाडौँ

काठमाडौंमा महिलाको घाँटीबाट जबर्जस्ती सुनको सिक्री लुटपाट गर्ने एक समूह पक्राउ परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घटनामा संलग्न दुई जना भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं बागबजारका ४४ वर्षीय सुरज गुरुङ (मोटरसाइकल चालक), वीरगन्ज–१७ घर भइ हाल काठमाडौंको क्षेत्रपार्टी बस्ने ४८ वर्षीय अनवर हुसेन अंसारी (मोटरसाइकलको पछाडि बसि सिक्री तान्ने मानिस), भारतको पश्चिम बंगाल  मेधिनापुर जिल्ला उदयचोक घर भएका ४७ वर्षीय शक्ति भौमिक (सुन बिक्री गर्न सहयोग गर्ने) र भारत महाराष्ट राज्य सोलापुर जिल्ला गोरडवानीका ३० वर्षीय सचिन गाड्वे (सुन खरिद गर्ने मानिस) रहेका छन्।

प्रहरीका अनुसार गत भदौ २५ गते अन्दाजी ५ः१० बजेको समयमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रेको पाँचखाल–१२ बालुवा घर भई हाल कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री जबर्जस्ती लुटपाट गरी सो समूह फरार भएको थियो।

अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न बागबजार घर भई हाल सितापाईला बस्ने सुरज गुरुङ समेतका मानिसहरुको संलग्नता रहेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ।

उनीलाई अपराध अनुसन्धान. कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज १ गते  उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसिका सामानहरु सहित थप अनुसन्धानका लागी प्रहरी वृत कालिमाटी पठाएको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .