ad ad

समाज


सरकारसँग चिकित्सक संघको ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

सरकारसँग चिकित्सक संघको ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

नेपालखबर
भदौ ३१, २०८० आइतबार २०:१९, काठमाडौँ

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ। आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयमा भएको दुई पक्षबीचको छलफलपछि चिकित्सकहरूले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ। 

गत भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथी अस्पतालमा बिरामीको उपचारमै खटिएको बेला कुटपिट भएको थियो।

कुटपिटपश्चात नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।

सो घटनाका दोषीहरूलाई कारबाही प्रक्रिया अघि बढाउने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारका सरोकारवाला निकायहरु प्रतिबद्ध रहने,  चिकित्सकहरुको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृत्ति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने लगायतका सहमति भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .