ad ad

समाज


पत्रकार महासंघका अध्यक्ष सहभागी कार्यक्रम सर्लाहीका पत्रकारद्वारा बहिष्कार

पत्रकार महासंघका अध्यक्ष सहभागी कार्यक्रम सर्लाहीका पत्रकारद्वारा बहिष्कार

नेपालखबर
भदौ ३१, २०८० आइतबार १३:४, सर्लाही

पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण सहभागी कार्यक्रम सर्लाहीका पत्रकारले बहिष्कार गरेका छन्। 

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित अध्यक्ष कर्ण सहभागी कार्यक्रम सर्लाहीका पत्रकारले बहिष्कार गरेका सर्लाहीका पुराना पत्रकार शंकर श्रेष्ठले जानकारी दिए। 

कार्यक्रममा कर्णले आफ्नो प्रस्तुति दिन लाग्दा सर्लाहीबाट सहभागी सबै पत्रकार कार्यक्रम छाडेर बाहिर निस्किएका छन्। 

अध्यक्ष कर्णले महासंघको सदस्यता वितरण तथा नवीकरणका लागि सर्लाही जिल्लाबाट पठाएको नामावलीलाई बेवास्ता गरेको आरोप पत्रकारहरुको छ। 

उनले आफू र मधेश प्रदेशका महासचिव मात्रै बसेर धेरैजसो गैर–पत्रकारलाई सदस्यता दिने र क्रियाशील पत्रकारलाई पाखा लगाउने षड्यन्त्र गरेकाले त्यसको विरोध स्वरुप उनी सहभागी कार्यक्रम वहिष्कार गरिएको श्रेष्ठले बताए। 

जिल्लाले सिफारिस नै नगरेका व्यक्ति तथा लुम्बिनी घोषणा पत्र अनुसार सदस्यता नवीकरण गर्न नमिल्ने व्यक्तिलाईसमेत कर्णले पत्रकार कायम राख्न केन्द्रमा सिफारिस गरेका असन्तुष्ट पत्रकारहरुको गुनासो छ। 

यसअघि मधेशका आठवटै जिल्लाका अध्यक्षले संयुक्त विज्ञप्ती जारी गरी अध्यक्ष कर्णको कार्यशैलीको विरोध जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .