काठमाडौँको बानेश्वरस्थित गैरीगाउँमा चार जनाको शव फेला परेको छ।
तीनकुने नजिकै गैह्रीगाउँस्थित दिव्य स-मिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा शव फेला परेको उपत्यका प्रहरी कार्यालयका प्रमुख डीआईजी दिपक थापाले जानकारी दिए।
‘हत्या हुनेमा दोलखा घर भएका एकै परिवारका ३ जना छन्। १ जना धनकुटाका राई थरका भएको खुलेको छ,’ थापाले नेपालखबरसँग भने, ‘घटनामा संलग्न भएको आशंकामा राई थरकै एक व्यक्त पक्राउ परेका छन्।’
घटना गएराति १२ बजेतिर भएको अनुमान प्रहरीले गरेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको डीआइजी थापाले बताए।
963
Shares
प्रतिक्रिया