ad ad

समाज


सुन तस्करीमा संलग्न ५० जनाविरुद्ध विभिन्न सात शीर्षकमा मुद्दा

सुन तस्करीमा संलग्न ५० जनाविरुद्ध विभिन्न सात शीर्षकमा मुद्दा

सीआईबी प्रमुख किरण बज्राचार्य र सुन तस्करीमा प्रयोग भएका सामान। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ २७, २०८० बुधबार १२:१७, काठमाडौँ

साउन ३ गते बरामद भएको करिब ६१ केजी सुन तस्करी प्रकरणमा मुछिएका ५० जनाविरुद्ध विभिन्न सातवटा मुद्दा चलाइने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली र विभिन्न देशका नागरिकसहित ५० जनाविरुद्ध विभिन्न सात शीर्षकमा मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको हो। 

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले सुन तस्करीमा जोडिएका व्यक्तिहरुविरुद्ध उनीहरुले गरेको अपराधको प्रकृतिअनुसार विभिन्न शीर्षकमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालिएको बताएकी छन्। 

यी शीर्षकमा मुद्दा 
भन्सार कानुन अनुसार अवैध सुन निकासी र पैठारी
संगठित अपराध
नेपाल राष्ट्र बैकंको दफा ९५

मुलुकी ऐन अपराध संहिता
नेपाल नागरिकता ऐन
राहदानी ऐन २०७६
अध्यागमन ऐन २०५० 

बज्राचार्यका अनुसार तस्करीमा संलग्न धेरैलाई भन्सार कानुनअनुसार अवैध सुन निकासी र पैठारी गरेको अभियोगमा मुद्दा चलाउन राय दिइएको छ।

सुन तस्करीमा संगठित समूहको संलग्नता रहेकाले संगठित अपराधअनुसार पनि मुद्दा चलाइनेछ।

त्यसैगरी विदेशीहरुको हकमा झुटा विवरण पेस गरेर नेपाली नागरिकता र राहदानी निकालेको अभियोगमा पनि मुद्दा चलाइँदैछ। अर्कातिर नेपालमा अवैधरुपमा बसेका र आपराधिक गतिविधिमा लागेका विदेशीहरुलाई अध्यागमन कानुनअनुसार पनि मुद्दा चलाउन राय दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .