नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा आँखाको नानी फुलीसकेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बताएको छ।
मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै अस्पतालले राती साढे १ बजे नेम्वाङलाई अस्पताल ल्याइएको र तयतितबेला जीवनसम्बन्धी कुनै चाल नदेखिएको बताएको छ।
‘संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई यस अस्पतालमा मिति २०६०।०५।२६ गते राती १ः५० बजे उपचारको लागि ल्याईएको र चिकित्सकबाट जाँच गर्दा जीवन सम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो,’ अस्पतालले भनेको छ।
अस्पतालले बिहान ३ बजे नेम्वाङको मृत घोषणा गरेको थियो।
नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।
Shares

प्रतिक्रिया