ad ad

समाज


भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु

भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु

नेपालखबर
भदौ २५, २०८० सोमबार १९:४०, रुकुम

भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो।

तीनजना घाइते भएका छन्।

घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए।

घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन्। कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ।

उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए। उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाचल गएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .