त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू आन्दोलित भएका छन्। काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले विभिन्न ५ बुँदे मागसहित संघर्ष सुरु गरेका हुन्।
कर्मचारीहरूले आइतबार तीन दिने संघर्षका कार्यक्रमहरूसमेत घोषण गरेका छन्।
पेन डाउन, निकासी पैठारी र यात्रु जाँचपाँच बन्द गर्ने लगायतका चेतावनीसहित उनीहरूले आन्दोलन घोषणा गरेका हुन्।
पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूले बताएका छन्।
कार्यालयमा भौतिक पूर्वाधार र आधुनिक प्रविधिको व्यवस्था गर्नुपर्ने, डरत्रास विना उच्च मनोबलमा काम गर्ने वातावरण हुनुपर्ने, विनाप्रमाण, पक्राउ पूर्जी अनुमति नलिई कर्मचारीहरुलाई गिरफ्तार गर्ने लगायतका गुनासा उनीहरूले राखेका छन्।
Shares
प्रतिक्रिया