कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतले एकपछि अर्को गर्दै विशेषज्ञ सेवा सञ्चालन गर्न थालेको छ।
अस्पतालले केही दिन अघिबाट मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा पनि सञ्चालनमा ल्याएको छ।
अस्पतालका निर्देशक प्राडा डम्बर खड्काले मुटु रोग सम्बन्धि समस्या भएका विरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले मुटुरोग सम्बन्धि ओपिडी सेवाको सुरुवात गरिएको जानकारी दिए।
सुर्खेतमै मुटु रोगको विशेषज्ञ सेवा सुरू भएपछि अब उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास अस्पतालले लिएको छ।
मुटु रोग सबै उमेर समूहका मानिसमा लाग्ने डा.खड्कालले बताए।
खड्काका अनुसार पछिल्लो समय मुटु रोगको समस्या बोकेर बसेका युवाको संख्या पनि निकै ठूलो छ। २५ बर्षभन्दा कम उमेरका तन्नेरीसमेत मुटु रोगको जोखिममा छन्।
123
Shares
प्रतिक्रिया