काठमाडौं-सिमरा द्रत मार्ग निर्माणमा खटिएका एकजना चिनियाँ नागरिक पहाडबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका छन्।
मकवानपुरको बकैया गाउँपालिका-२ कैलेनिमा फास्ट ट्रयाकको पुल निर्माणमा खटिएका साइड इन्चार्ज चिनियाँ नागरिक ४२ वर्षीय ल्यु ल्यान चुइङ पहाडबाट खसेको ढुङ्गाले लाग्दा गम्भीर घाइते भएका हुन्।
उनलाई तत्कालै उद्धार गरेर उपचारका लागि वीरगञ्जस्थित बयोध्या अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
102
Shares
प्रतिक्रिया