ad ad

समाज


मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रमको मञ्च भत्कियो, सहभागी र नेताहरुको भागाभाग

मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रमको मञ्च भत्कियो, सहभागी र नेताहरुको भागाभाग

कार्यक्रम भइरहँदा ढलेको मञ्च। तस्बिर : युनिटी खबर


नेपालखबर
भदौ २०, २०८० बुधबार १२:४२, काठमाडौँ

डडेल्धुरामा बुधबार आयोजित एक कार्यक्रमका लागि तयार गरिएको मञ्च भत्किएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको कार्यक्रमको मञ्च ढलेको हो। 

डडेल्धुरा बहुमुखी क्याम्पसको २८औँ वार्षिकोत्सव कार्यक्रमको मञ्च मुख्यमन्त्रीसहितका अतिथिहरु बसिरहेका बेला ढलेको हो। त्यसपछि मुख्यमन्त्रीसहितका अतिथिबीच भागाभाग भएको छ।

क्याम्पसको कार्यक्रमका लागि तयार पारिएको मञ्चामा मुख्यमन्त्री शाह, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य सरस्वती खड्का र डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने थिए

त्यस्तै जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरु पनि क्याम्पसको कार्यक्रममा अतिथि थिए। 

अतिथिहरु बसिरहेको बेला मञ्च भत्किए पनि कसैलाई चोटपटक लागेको छैन। मञ्च ढलेपछि क्याम्पसको वार्षिकोत्सव कार्यक्रम रोकिएको छ।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .