समाज


पश्चिमी न्यून चापीय रेखाका कारण देशभर बदली, पानी पर्ला?

पश्चिमी न्यून चापीय रेखाका कारण देशभर बदली, पानी पर्ला?

नेपालखबर
माघ १०, २०७६ शुक्रबार २:३२,

आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बदली भएको हो।

यो रेखाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आकाशमा बादल लाग्ने भएकाले आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नदेखिएको उनले बताइन्।

‘पश्चिमी न्यून चापीय रेखा मात्रै छ, प्रणाली होइन,’ मौसमविद् पोखरेलले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘यसले वर्षा तथा हिमपात गराउने सम्भावना हुँदैन, तर घाम लाग्न पनि दिँदैन, मौसम धुम्म भइरहन्छ।’

तर सीमित स्थानमा हल्का क्षणिक वर्षा हुन पनि सक्ने उनले बताइन्।

मौसम बदलीका कारण दिनभर घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घटेर जाडो बढ्ने मौसमविद् पोखरेलले बताइन्।

काठमाडौंको मौसम
काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली छ।

मौसमविद् विभूति पोखरेलका अनुसार पानी पर्ने सम्भावना भने छैन। तर दिनभर घाम पनि लाग्ने देखिन्न।

शनिबार बिहान ५:४५ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस छ।

तराईमा हुस्सु हट्दै
मौसम बदली भएपछि अर्थात् आकाशमा बादल लागेपछि तराईमा हुस्सु/कुहिरो लाग्न छाड्छ।

मौसमविद् पोखरेलका अनुसार पश्चिमी तराईमा त अहिले हुस्सु कुहिरो नै लागेको छैन भने मध्य र पूर्वी तराईमा लागेको हुस्सु कुहिरो पनि हट्ने क्रममा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad