ad ad

समाज


पुत्रीलाभ भएकामा बालेन्द्रलाई हर्कको बधाई

पुत्रीलाभ भएकामा बालेन्द्रलाई हर्कको बधाई

बालेन्द्र दम्पती


नेपालखबर
भदौ १७, २०८० आइतबार १२:१८, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पुत्रीलाभ भएकामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बधाई दिएका छन्।

मेयर साम्पाङले आइतबार सामाजिक सञ्जालमार्फत बालेन्द्रलाई बधाई दिएका हुन्।  

साम्पाङले मेयर शाहको दम्पतीको तस्बिरसहित लेखेका छन्, ‘घरमा लक्ष्मीको आगमन भएछ। हार्दिक बधाइ मेयर साप। We are happy to hear about the good news.’

तर शाहका जुम्ल्याहा छोरी जन्मिएकामा एकजनाको मृत्यु भएको छ भने अर्की पनि अस्वस्थ भएकाले ललितपुस्थित मेडिसिटी अस्पतालकै एनआईसीयूमा उपचार भइरहेको छ। 

शाहकी श्रीमती सविना काफ्लेले एक साताअघि नै दुई छोरीलाई जन्म दिएकी हुन्। सविना केही दिनअघि नै डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .