१३ वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले रूकुम पश्चिमबाट एक युवकलाई पक्राउ गरेको छ।
आठबिसकोट नगरपालिका ६ का २१ वर्षीय चिरन्जिवी बोहरा बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन्।
उनले सोही ठाउँकी एक बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ।
उनले बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका १ मा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।
60
Shares
प्रतिक्रिया