महोत्तरीमा भगवान श्रीकृष्णको जन्माष्ठमी मनाउनका लागि बनाइएका मूर्ति तोडफोड भएको छ।
महोत्तरीको लोहारपट्टी नगरपालिका ३ को बजरंग चोकमा गत १५ साउनदेखि बनाउँदै आएका श्रीकृष्णका मूर्तिहरु सोमबार राति तोडफोड गरिएको हो।
अज्ञात समूहले मूर्तिहरु तोडफोड गरेपछि स्थानीय श्रीकृ्ष्ण युवा क्लबले इलाका प्रहरी कार्यालयमा लोहारपट्टीमा उजुरी दिएको छ।
क्लबको तर्फबाट दिइएको उजुरीमा अज्ञात समूहले धार्मिक आस्थामाथि चोट पुग्ने गरी मूर्ति तोडफोड गरेको घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गरिएको छ।

342
Shares

प्रतिक्रिया