ad ad

समाज


तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा २२ र २५ वर्षका दुई युवकको मृत्यु

तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा २२ र २५ वर्षका दुई युवकको मृत्यु

नेपालखबर
भदौ ११, २०८० सोमबार ६:२२, तेह्रथुम

तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु भएको छ। 

आइतबार म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल दुर्घटना स्थानीय दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ज्यान गुनमाउनेमा म्याङलुङ नगरपालिका ८ का २५ वर्षीय सविन लिम्बु र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङ छन्। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विद्यासागर मेहत्ताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।।


तीव्रगतिको कारण अनियन्त्रित भई मोटरसाइक दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .