ad ad

समाज


आशा सिंहलाई एआईजी दर्ज्यानी

आशा सिंहलाई एआईजी दर्ज्यानी

नेपालखबर
माघ ८, २०७६ बुधबार ७:२८,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएकी डा. आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयाेजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार सो चिन्ह प्रदान गरिएको नेपाल पुलिसले जनाएको छ।

‘उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती हुनुभएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताउनुभयो,’ नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सोही कार्यक्रममा बढुवा भएकी एआईजी सिंहले त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।

डा. सिंहलाई बढुवा गर्ने निर्णयलगत्तै सो निर्णय न्यायपूर्ण नभएको भन्दै त्यसविरुद्ध उजुरी परेको थियो। त्यसका बाबजुद पनि उनी अन्ततः एआईजीको फूली लगाउन सफल भएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .