ad ad

समाज


चार ठाउँमा पहिरो खस्यो, बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

चार ठाउँमा पहिरो खस्यो, बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार १०:५०, काठमाडौँ

ठाउँठाउँमा पहिरो खस्दा बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ। 

लमजुङ र मनाङ जोड्ने यो सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा आज बिहान गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ। 

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार यस सडक अन्तर्गत बेँसीसहर नगरपालिक ६ खरखरेभिर, मस्र्याङ्दी गाउँपालिका ४ का तीन ठाउँमा पहिरो गएको छ।

यो सडक खण्डमा खसेका पहिरोमध्ये हवाईडाँडाको पहिरो सबैभन्दा ठूलो छ।

सो स्थानमा ठूला–ठूला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनेको छ। 

केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने प्रहरीले जनाएको छ। 

सडक अवरुद्ध भएसँगै बेँसीसहर चामे खण्डमा सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन्। यसअघि गत आइतबारसमेत नासों गाउँपालिका–१ तालडाँडामा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो।  

त्यस्तै छ दिनअघिसमेत यस सडक खण्डका विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनेको थियो।

पटक–पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासी मर्कामा परेका छन्। 

सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा जोखिम भोग्नु परेको गुनासो यात्रुहरूले गरेका छन्। ६५ किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .