समाज


जन्ती हेर्न आएकी ११ वर्षीया बालिका बलात्कृत, बलात्कारी फरार

जन्ती हेर्न आएकी ११ वर्षीया बालिका बलात्कृत, बलात्कारी  फरार

नेपालखबर
असार १३, २०७६ शुक्रबार १०:५४,

 गएराति वीरगञ्ज महानगरपालिका–२७ मा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन्।

उदयपुर घुर्मी घरभई हाल वीरगञ्ज बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जन्ती हेर्न आएकी ती बालिकालाई शुरुमा राकेशले जिस्काएको र पछि जबर्जस्ती करणी गरेको उजुरी परेपछि सो घटना सार्वजनिक भएको हो।

पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी जारी रहेको बताए। शुरुमा सो घटना गाउँमै मिलाउन खोजिएपनि घटना सार्वजनिक भएपछि दुवै पक्षलाई मिलापत्र गराउने योजना असफल भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .