ad ad

समाज


पाँच केजी गाँजासहित समातिइन् २२ वर्षीया युवती

पाँच केजी गाँजासहित समातिइन् २२ वर्षीया युवती

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार १३:५, काठमाडौँ

प्रहरीले एकजना २२ वर्षीया युवतीलाई पाँच केजी गाँजासहित पक्राउ गरेको छ।

शनिबार चितवनको नाराणगढबाट वीरगञ्जज जाँदै गरेको ना ८ ख ७३४६ नम्बरको बसमा सवार उनलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका घर बताउँदै २२ वर्षीया नानु घलान छिन्। 

उनले बोकेको कपडाको ब्यागभित्र लुकाएको अवस्थामा हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टको टोलीले करिब ५ केजी गाँजा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यलयले जनाएको छ। 

उनलाई नियन्त्रणमा लिएर हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ। बसलाई भने गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .