ad ad

समाज


नक्कली शैक्षिक प्रमाणपत्र : काठमाडौंमा अर्का ‘डाक्टर’ पक्राउ

आरोपितको संख्या ८ पुग्यो
नक्कली शैक्षिक प्रमाणपत्र : काठमाडौंमा अर्का ‘डाक्टर’ पक्राउ

नेपालखबर
साउन २६, २०८० शुक्रबार १३:३०, काठमाडौँ

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा एकपछि अर्काे ‘डाक्टर’ पक्राउ परिरहेका छन्। 

सो आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंमा थप एकजना ‘चिकित्सक’लाई पक्राउ गरेको हो। 

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पछिल्लोपटक राजधानीस्थित सुमेरु सिटी हस्पिटलमा कार्यरत ‘डा.’ पुनम थापा चौधरीलाई पक्राउ गरिएको हो। 

योसँगै नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ पर्ने ‘डाक्टर’को संख्या मात्रै ७ पुगेको छ। यसअघि सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोपमा मनित चौधरी, श्रद्धा शिल्पकार, रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी पक्राउ परिसकेका छन्। 

नेपाली कांग्रेसका सांसद सुनिल शर्मासमेत गर्दा सो प्रकरणमा समातिनेको कूल संख्या हालसम्म ८ पुगेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .