ad ad

समाज


जिल्ला प्रशासनभित्रको फोटो/भिडिओ खिच्न पत्रकार र सर्वसाधारणलाई निषेध

जिल्ला प्रशासनभित्रको फोटो/भिडिओ खिच्न पत्रकार र सर्वसाधारणलाई निषेध

नेपालखबर
साउन २५, २०८० बिहिबार १२:५६, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रेस स्वतन्त्रतालाई निषेध गर्ने गरी एउटा अनौठो सूचना जारी गरेको छ।

एकजना कर्मचारीका छोराछोरीहरु लेखा फाँटका प्रमुखको कुर्सीमा बसेको फोटो पत्रकारहरुले सार्वजनिक गरिदिएपछि प्रशासनले यस्तो कदम चालेको हो।

प्रशासन कार्यालयभित्रका तस्बिरहरु सार्वजनिक भएर विवाद विवाद हुँदा सहायक प्रमुख जिल्ला अधिकारी लेवनकाश्यप अधिकारीले बुधबार एक सूचना जारी गरे।

जसमा सेवाग्राही, पत्रकार र सर्वसाधारणले बिनाअनुमति तस्बिर खिचेको भन्दै आपत्ति जनाइएको छ। 

खिचिएका तस्बिर फेसबुक र पत्रपत्रिकामा पनि राखिँदा व्यक्तिगत गोपनीयता भंग भएको दाबी अधिकारीले गरेका छन्। 

‘यस जिल्ला प्रशासन कार्यालय, सप्तरीमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिनाअनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडिओ खिची सामाजिक सञ्जाल, अनलाइन र पत्र-पत्रिकामा राखेको पाइएको छ’, अधिकारीले भनेका छन्, ‘यसले कर्मचारीको व्यक्तिगत गोपनीययताको हक र कार्यालयको सुरक्षा संवेदनशीलतामा असर गरेको छ। यो सूचनाविपरीत गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .