ad ad

समाज


क्यान्सरपीडित श्रीमती होटलमा मृत भेटिइन्, अस्पताल गएका श्रीमान् बेपत्ता

क्यान्सरपीडित श्रीमती होटलमा मृत भेटिइन्, अस्पताल गएका श्रीमान् बेपत्ता

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०८० बिहिबार १२:३९, काठमाडौँ

झापाबाट पाठेघरको क्यान्सरको उपचारका लागि चितवन आएकी एक महिला होटलमा मृत भेटिएकी छन्। 

भरतपुरसस्थित माडी पाहुना घर एण्ड लज रेस्टुरेन्ट झापाको भद्रपुर नगरपालिका निवासी ४० वर्षीया सोनिया पोखरेल मृत अवस्थामा भेटिएकी बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ।

उनीहरु यही साउन २० गते सोनियाको पाठेघरको क्यान्सरको उपचारका लागि झापाबाट चितवन आएका थिए।

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका दम्पत्तिहरुले उक्त होटलमा कोठा लिएर बसेका थिए। 

तर, सोनियका श्रीमान् सूर्य पोखरेल बुधबार साँझ ६ बजे क्यान्सर अस्पताल जान्छु भन्दै हिँडेका थिए।

अस्पताल जान हिँडेका उनी हालसम्म सम्पर्कमा नआएका बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक रेग्मीले बताएका छन्। 

श्रीमान् फर्केर नआएपछि होटल मालिकले उनीहरु बस्ने कोठामा गएर हेर्दा सोनिया मृत अवस्थामा भेटिएकी थिइन्।

सोनियाको शव पोस्टमार्टमका लागि प्रहरीले अस्पताल पठाएको छ। बेपत्ता सूर्यको खोजी भइरहे पनि फेला नपरेको रेग्मीले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .