समाज


सरस्वती नेपालीले पाइन् अमेरिकाको जीएआरसी अवार्ड

सरस्वती नेपालीले पाइन् अमेरिकाको जीएआरसी अवार्ड

नेपालखबर
साउन २५, २०८० बिहिबार ६:४७, काठमाडौँ

सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आउनुभएकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन्स अवार्ड’ (जीएआरसी) प्राप्त गरेकी छन्। 

बीस वर्षदेखि नेपालमा सीमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गरिरहेकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उनले सो अवार्ड प्राप्त गरेको यहाँस्थित अमेरिकी दूतावासले बुधबार जनाएको छ। 

उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन्। अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धका मुद्दा जितेकी थिइन्।

सम्मान र समानताको खोजीमा उनको योगदान, साहस र समर्पणको उदाहरण हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .