ad ad

समाज


बालुवाटार प्रकरणमा पक्राउ परेकाहरू थप सात दिन हिरासतमा बस्ने

बालुवाटार प्रकरणमा पक्राउ परेकाहरू थप सात दिन हिरासतमा बस्ने

नेपालखबर
साउन २४, २०८० बुधबार २१:१९, काठमाडौँ

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ।

जिल्ला अदालत काठमाडौँले आज निजहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई अनुमति दिएको हो।

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सिआइबीले सरकारी कागजात कीर्ते र सङ्गठित अपराधमा निजहरूमाथि अनुसन्धान गरिरहेको छ।

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सिआइबीको हिरासतमा रहेका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .