ad ad

समाज


जब रास्वपाका कार्यकर्ताहरु प्रशासनको अनुमति नलिई वाकिटकी बोकेर हिँडे...

जब रास्वपाका कार्यकर्ताहरु प्रशासनको अनुमति नलिई वाकिटकी बोकेर हिँडे...

वाकिटकीसहितका रास्वपा कार्यकर्ता।


नेपालखबर
साउन २४, २०८० बुधबार १३:५३, काठमाडौँ

नारायणगढ-मुग्लिन सडकखण्डमा निरन्तर झरिरहने पहिरोका कारण हुने जाम खुलाउन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरु वाकिटकीसहित हिँडेपछि फेरि विवाद भएको छ।

रास्वपा मंगलबार जाममा परेका सवारी साधनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै बागमती प्रदेश संयोजक विजय गुप्ता नेतृत्वमा ५० जनाको टोली वाकिटकी र विशेष पोशाकसहित परिचालन गरेको थियो। 

तर, उनीहरुले पहिरोमा फसेका सवारी साधनलाई कटाउन भन्दै खटिँदा प्रयोग गरेको सञ्चार साधन वाकिटकी प्रशासनको अनुमति नलिएरै प्रयोग गरेको खुलेको छ।

प्रशासनको अनुमतिबिना उक्त सञ्चारसाधन प्रयोग गरेको पाइएपछि चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन्। 

पौडेलले रास्वपाका कार्यकर्ताले सञ्चारका लागि प्रयोग गरेको वाकिटकी स्वीकृति लिइएको तथा दर्तावाला भए नभएको छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको बुधबार विज्ञप्तिमार्फत बताएका छन्। 

पौडेलले जाम खुलाउने नाममा रास्वपाले चालेको कदमप्रति आपत्ति जनाउँदै जिल्ला प्रशासनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता कुराको व्यवस्थापन गर्न सुरक्षा निकायसहित राज्यका अंग नै सक्षम रहेको जनाए।

‘ठूला विपदका घटनाहरुमा राजनीतिक दल, नागरिक समाज लगयात आमसर्वसाधारण नागरिकबाट कुनै अमुक दल तथा सोअन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँछौँ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भनेका छन्, ‘विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू नै सक्षम छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .