ad ad

समाज


नारायणी नदीको पानी सतर्कता तहभन्दा माथि, तटीय क्षेत्रमा सचेत रहन आग्रह

नारायणी नदीको पानी सतर्कता तहभन्दा माथि, तटीय क्षेत्रमा सचेत रहन आग्रह

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८० बुधबार ८:११, काठमाडौँ

नारायणी नदीले चितवनस्थित मापन केन्द्रमा सतर्कता बिन्दु पार गरेको छ। 

जल मापन केन्द्र देवघाटकाअनुसार नदीले मंगलबार साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो। 

देवघाटको जल मापन केन्द्रकाअनुसार नारायणीमा ७ दशमलव ३९ मिटर पानीको सतह रहेको छ। 

देवघाटमा सात दशमलव ३ मिटर पानीको सहत पुग्दा सतर्कता तह मानिन्छ। नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापद केन्द्रले जनाएको छ।

नारायणीको जल मापन केन्द्रमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ। 

पानीको सहत निरन्तर बढ्दै गएपछि तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ। 

नारायणी जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको छ। अझै वर्षा हुने मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ। 

विभागले चितवन र नवलपरासीको तटीय क्षेत्रबासीले बुधबारसम्म उच्च सतर्कता अपनाउन पनि विभागले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .