ad ad

समाज


पहिरो खसेपछि काठमाडौंलाई हेटौंडासँग जोड्ने दुवै छोटा सडक अवरुद्ध

पहिरो खसेपछि काठमाडौंलाई हेटौंडासँग जोड्ने दुवै छोटा सडक अवरुद्ध

नेपालखबर
साउन २३, २०८० मंगलबार ७:४३, काठमाडौँ

अविरल वर्षाको कारण ठाउँठाउँमा पहिरो खसेपछि काठमाडौंलाई हेटौँडासँग जोड्ने दुईवटा छोटा सडकखण्ड अवरुद्ध भएका छन्। 

हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ र हेटौँडा भिफेदी–कुलेखानी–काठमाडौँ सडक गएरातिदेखि अवरुद्ध भएका हुन्।

कान्ति लोकपथमा पर्ने मकवानपुरको बकैया गाउँपालिका- ११ लामराङमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिरोले सडक अवरुद्ध भएपछि यो राजमार्ग हुँदै काठमाडौं-हेटौँडा आवतजावत गर्ने यात्रु बिचल्लीमा परेका छन्।

त्यसैगरी ठाउँ ठाउँमा पहिरो खस्दा हेटौँडा–कुलेखानी–बल्खु सडक पनि अवरुद्ध भएको छ। 

यो सडक खण्डमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका- २ ज्यालटारमा पहिरो जाँदा हेटौँडा–बल्खु सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। 

‘तर पानी परिरहेकाले तत्काल पहिरो हटाउन सक्ने अवस्था छैन,’ उनले भने। दुई दिनअघि पनि पहिरो खस्दा भिमफेदी कुलेखानी सडक अवरुद्ध भएको थियो। 

यो सडक खण्ड हुँदै दैनिक हजारौँ साना सवारी साधन काठमाडौं-हेटौँडा आवत जावत गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .