समाज


जाजरकोट र अछाममा नयाँ सीडीओ

जाजरकोट र अछाममा नयाँ सीडीओ

नेपालखबर
साउन २२, २०८० सोमबार ११:४०, काठमाडौँ

गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ।

जाजरकोटको सीडीओ पद रिक्त रहेकाले त्यहाँ सुनारलाई जिम्मेवारी दिइएको हो भने अछामका सीडीओ शिवराम न्यौपानेले स्वास्थ्य समस्या देखाउँदै मन्त्रालयमा सरुवा मागेकाले उनको स्थानमा उपसचिव शरदकुमार पोखरेललाई पठाइएको हो। 

सुनार मोरङमा सहायक सीडीओका रूपमा कार्यरत थिए। यसअघि उनले बाँकेमा पनि सहायक सीडीओ तथा डोल्पा र बझाङमा सीडीओ भई काम गरिसकेका छन्। 

त्यस्तै पोखरेलसँग मुगु र दार्चुलाको सीडीओ भइसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशकसमेत भइसकेका छन्। यसैगरी उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक सीडीओ भएर काम गरिसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad