ad ad

समाज


सिन्धुलीमा प्रशासकीय अधिकृतलाई हातपात गर्ने वडाध्यक्ष पक्राउ

सिन्धुलीमा प्रशासकीय अधिकृतलाई हातपात गर्ने वडाध्यक्ष पक्राउ

वडा नम्बर २ का अध्यक्ष दौलत बिक्रम कार्की (बायाँँ) र प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेल (दायाँ)


नेपालखबर
साउन २१, २०८० आइतबार १७:२९, काठमाडौँ

सिन्धुलीमा प्रशासकीय अधिकृतलाई हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्। 

गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेललाई हातपात गर्ने सोही गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष दौलत बिक्रम कार्की पक्राउ परेका हुन्।

असार १४ गते आयोजनाको विषयमा वडाध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो। विवादका क्रममा प्रशासकीय अधिकृतले रक्सी खाएको भन्दै वडाध्यक्षले मापसे चेकिङ गर्न लगाएका थिए। 

प्रहरीले मापसे चेकिङ गर्दा उनले रक्सी नखाएको पुष्टि भएको थियो। तर वडाध्यक्षले भने रक्सी समेत खाएको भन्दै हातपात गरेका थिए। अधिकृतको गाडी समेत उनले फुटाइदिएका थिए। उक्त घटनापछि जिल्लाका कर्मचारीले कारबाहीको माग गरेका थिए। 

आइतबार आफैं जिल्ला प्रहरी कार्यालयमा भएका वडाध्यक्ष कार्कीलाई पक्राउ गरेर प्रहरीले अदालतमा बुझाएको थियो। अदालतले वडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न ५ दिन म्याद दिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले बताए। 

यसअघि पनि उनले अभद्र व्यवहार गरेकाले अदालतमा उपस्थित गराइएको हो। अभद्र व्यवहारमा दुई वर्षभित्र पुनः घटना दोहो¥याएमा अदालतमा उपस्थित गराइन्छ। नभए जिल्ला प्रशासन कार्यालयले नै कारबाही गर्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .