ad ad

समाज


किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

नेपालखबर
साउन १९, २०८० शुक्रबार १०:४६, सर्लाही

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सर्लाहीबाट एक युवकलाई पक्राउ गरेको छ।

बागमती नगरपालिका- १० शंकरपुरकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय ३२ वर्षीय नरबहादुर विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार यहि साउन १५ गते राति विश्वकर्माले घरमा कोही नभएको मौका छोपेर किशोरीलाई जबरजस्ती करणी गरेका हुन्। 

अभिभावकको उजुरीको आधारमा बिहीबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका विकलाई आवश्यक कारबाहीको लागि अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ। किशोरीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .