बाग्मती प्रदेशअन्तर्गत उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडादर घटेको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडादर घटाएको हो।
काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ। नयाँ भाडादर अनुसार सार्वजनिक बसमा पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा तोकिएको छ।
उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ तोकिएको छ। २० किलोमिटरसम्मको भाडा पहिलै ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ कायम भएको छ।
यो भाडा दर साउन ११ गतेदेखि लागू हुने मन्त्रालयले जनाएको छ।
48
Shares
प्रतिक्रिया