समाज


फिदिम बोलेरो दुर्घटना : मृतकको संख्या तीन पुग्यो

फिदिम बोलेरो दुर्घटना : मृतकको संख्या तीन पुग्यो

नेपालखबर
साउन ११, २०८० बिहिबार १५:८, काठमाडौँ

मंगलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार गम्भीर घाइते शेर्पाको सो अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचारपछि विर्तामोड लगिएको थियो। दुर्घटनामा गम्भीर घाइते ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जीतेन्द्रमणि विक्रम वनेमको मंगलबार जिल्ला अस्पताल पाँचथरमा र पाँचथरको फिदिम नगरपालिका–१० की ४० वर्षीया सविना विकको झापा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो।

 झापाको विर्तामोडबाट पाँचथरको फिदिम आउँदै गरेको मे १ ज १९४१ नं को बोलेरो जीप मङ्गलबार दिउँसो १२ः१५ बजे फिदिम नगरपालिका–२ कृष्णमन्दिर छेउमा दुर्घटना भएको थियो। चालकले घुम्ती मोड्न नसक्दा सडकबाट करिब दुई सय मिटर तल झरी बोलेरो दुर्घटना भएको थियो।

दुर्घटनामा बोलेरोमा सवार चालकसहित १३ यात्रु घाइते भएका थिए, तीमध्ये तीन जनाको मृत्यु भएको हो। बाँकी चार जनाको झापाका विभिन्न अस्पतालमा र अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घाइतेमध्ये एक जना पाँच वर्षीया बालिका पनि समेत छिन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .