ad ad

समाज


तिनाउ नदीको बीचमा फसेका ५ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

तिनाउ नदीको बीचमा फसेका ५ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

नेपालखबर
साउन ९, २०८० मंगलबार १७:४१, काठमाडौँ

तिनाउ नदीमा एक्कासी बढी आई नदीको बीच भागमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १३ र १४ को सीमानास्थित दानव नदीमा दाउरा खोज्न गएको बेला बाढी आई नदीको बीचमा भागमा मान्छे फसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस बुटवलबाट टोली खटिएको थियो।

नदीको बीचमा फसेका सोही उपमहानगरपालिका १४ कैलाशनगर बस्ने ४२ वर्षीय जनक घर्तीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।

यसैगरी सोही उपमहानगरपालिका ११ बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४ वर्षीय मिनमहादुर गाहालाईपनि सोही बेसबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।

बुटवल उपमहानगरपालिका २ पाखापानीमा बस्दै आएका गाहा तिनाउ नदीमा माछा मार्न गएको बेला एक्कासी पानीको बहाव बढ्न गई फसेका थिए।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी परिचालित भई उनको सकुशल उद्धार गर्न सफल भएको हो।

यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ३ बेथरीस्थित तिनाउ नदीमा दाउरा खोज्न गएका बेला नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सोही गाउँपालिका ६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका २ बस्ने अबदेश कुमार यादव नदीमा दाउरा खोज्न गएको बेला नदीको बहाव बढ्न गई नदीमा फसेका थिए।

सो बारे जानकारी पाउनासाथै नम्बर २७ गण रुपन्देहीबाट टोली परिचालित भई उनीहरुको सकुशल उद्धार गरेको हो।

यसैगरी सोही जिल्लाको बुटवल उपमहानगरपालिका ११ टपमजुवास्थित तिनाउ नदी किनारमा रहेको हरिलाल गाहाको घरको सामान सुरक्षित स्थानमा सारेको छ।

नदीले घर कटान गरी केही भाग बगाएको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेस बुटवलबाट टोली खटिई गई घरको सरसमान सुरक्षित स्थानमा सारेको हो।     

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .