बागलुङमा एकजना वरिष्ठ प्रहरी नायब निरीक्षक होटलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
बागलुङ जिल्ला प्रहरी कार्यालयले नेपालखबरलाई दिएको जानकारीअनुसार बागलुङको बडिगाड गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल स्थानीय आशा होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।
‘अहिले हामी घटनास्थलमै छौँ, थप कुरा बुझ्दै छौँ’, एक प्रहरीले भने, ‘अहिले हामी व्यस्त छौँ, पछि कल गर्नुहोला।’
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
297
Shares
प्रतिक्रिया