ad ad

समाज


१९ थान गोलीसहित भारतीय नागरिक पक्राउ

१९ थान गोलीसहित भारतीय नागरिक पक्राउ

नेपालखबर
साउन ८, २०८० सोमबार १८:४९, काठमाडौँ

पर्साको वीरगञ्जमा सर्टगनको १९ थान गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहार पश्चिमी चम्पारण जिल्ला वेतिया ग्राम लगुनाहा वडा नं. १४ बस्ने वर्ष २२ को मुरारी कुमार कुशवाहा रहेका छन्।

प्रहरी चौकी बसपार्कबाट खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका–१६ भानुचोकस्थित सडकखण्डमा शंकास्पदरूपमा हातमा झोला बोकी पैदल बसपार्कतर्फ आउँदै गरेको अवस्थामा उनलाई खानतलासी गर्दा १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको सर्टगनको गोली राउन्ड १५ थान, के एफ१२ लेखिएको सर्टगनकै गोली राउण्ड ३ थान, १२ केएफ १२९६ लेखिएको राउन्ड १ थान गरी जम्मा १९ राउण्ड फेला परेको प्रहरीले जनाएको छ।

उनलाई उक्त गोली सहित नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .