ad ad

समाज


अमेरिका पठाउने भन्दै सवा २ करोड ठगेर अन्य देशमा बन्धक बनाउने व्यक्ति पक्राउ

अमेरिका पठाउने भन्दै सवा २ करोड ठगेर अन्य देशमा बन्धक बनाउने व्यक्ति पक्राउ

नेपालखबर
साउन ८, २०८० सोमबार १८:४१, काठमाडौँ

नेपालीलाई अमेरिका पठाइदिने भन्दै अन्य देशमा लगेर बन्धक बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले कास्कीको पोखरा महानगरपालिका २७ घर भई हाल काठमाडौं महानगरपालिका ८ गुहेश्वरी पन्चकन्या मार्गमा डेराकोठा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको छ। 

उनलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी ब्यूरोले अनुसन्धान सुरु गरेको छ।

उनीविरुद्ध मानव बेचविखन अनुसन्धान ब्यूरोमा ४ वटा उजुरी परेका थिए। उनीसहितका व्यक्तिले हवाई मार्ग हुँदै अमेरिका लैजाने प्रलोभन देखाएर ११ लाख ३० हजार देखि ६० लाख रुपैयाँसम्म रकम लिई हालसम्म २ करोड ९६ लाख २३ हजार ८ सय ९० रुपैयाँ ठगी गरेको खुलेको छ। 

नेपालबाट अमेरिका लैजाने भनेपनि भारतको नयाँ दिल्ली, श्रीलंका, दुवई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पु¥याई अलपत्र पारेर थप रकम माग गर्ने गरेको खुलेको छ। 

यसरी नेपालीलाई अलपत्र पार्ने गिरोहका सदस्य विभिन्न देशमा बसेर परिचालित भएको खुलेको छ। यसरी ठगिनेमा १६ वर्षदेखि ५० वर्षसम्मका पुरुषहरु रहेका छन्। 

अमेरिका जाने भनि मानव ओसारपसारमा परेका पीडितहरुले नै राहदानी, भिसा, हवाई टिकट, होटल बुकिङ लगायतको खर्च आफैले गर्ने गरेको खुलेको छ। यसरी पठाउँदा भिजिट भिसामा पठाउने गरेको खुलेको छ। यस्तो कार्यमा अन्य व्यक्तिको पनि संलग्नता रहेको र निजहरुको खोजतलास भइरहेको ब्यूरोका एसपी नरहरी रेग्मीले बताए। 

अर्का ठग पनि पक्राउ
अमेरिका पठाउने भन्दै ठगी गर्ने अर्का व्यक्तिलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। लम्जुङको दोर्दी गाउँपालिका १ भार्ते घर भई हाल काठमाडौंको बनस्थली बस्ने २८ वर्षीय सुजन अधिकारीलाई पक्राउ गरेको हो। 

उनले नुमा केसीलाई रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोप छ। अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने आश्वसन दिएका थिए। 

पीडितबाट २० लाख रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएका थिए। उजुरी परेपछि उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी मिलन केसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .