समाज


दिनभर रेष्टुरेन्ट चलाउने सन्तोष राति महिलालाई तीखो वस्तुले घोच्थे


दीपक खरेल
असार १३ ,

रामेछापका सन्तोष कार्की विवाहित हुन्। उनका दुई सन्तान पनि छन्। केही समयअघि मात्र उनले ५० लाख रुपैयाँ भन्दा बढी लगानीमा महाराजगञ्ज क्षेत्रमा एउटा रेष्टुरेन्ट खोलेका थिए।

श्रीमतीसँगै बिहानदेखि अबेर रातिसम्म सन्तोष रेष्टुरेन्ट चलाउँथे। बेलुका महाराजगञ्जबाट कालिमाटी हुँदै घर जान्थे। उनले प्रयोग गर्ने बाटो भनेको बिष्णुमति करिडोर थियो।

उनी घर फर्कदा श्रीमती सँगै हुन्थिन्। कुनै कुनै दिन एक्लैपनि हुन्थे।

बैशाखको अन्तिम साता उनी नियमित समयमा घर फर्कंदै थिए। रातको १० बजिसकेको थियो। बाटो खालि थियो। उनको निलो रंगको पल्सर मोटरसाईकल रफ्तारमा थियो।

त्यही दिन उनले पहिलो पटक कुनै एक महिलालाई तीखो वस्तुले प्रहार गरे। प्रहरीसँगको वयानका क्रममा उनले ‘त्यो तीखो वस्तु टायरको भित्र राखिने तार थियो’ भनेका छन्।

त्यसपछि सन्तोषले जेठ १८, २९, ३० र ३२ गते पकनाजोल, डल्लु र ढल्कु क्षेत्रमा सात महिलामाथि तीखो वस्तु प्रहार गरेका थिए। उनले चलाएको यस्तो आक्रमणको श्रृङ्खला राजधानीमा ‘सिरिञ्ज आतंक’ का रुपमा चर्चित छ।

‘प्रहरी बयानमा आरोपीले मनोरञ्जनका लागि यस्तो घटना गर्ने गरेको बताएका छन्,’ काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने ‘रोग संक्रमणका लागि यस्तो गरेका हुन् वा वा यसको अन्य कारण पनि छ, हामी अनुसन्धान गरिरहेका छौँ।’

प्रहरीका अनुसार सन्तोषले घटनाबारे हल्लिखल्ली हुन थालेपछि आक्रमण रोकेका थिए। एक महिला त दुई पटक उनको आक्रमणको शिकार भएकी थिईन्।

उनको यस्तो आक्रमणमा एउटै परिवारका दिदी बहिनी समेत परेका छन्।

यसरी समातिए 
काठमाडौँमा लगातार महिलाहरुमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको उजुरी परेपछि प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाले बेग्लाबेग्लै अनुसन्धान थालेका थिए। प्रहरीले घटनास्थलको सीसीटीभी फुटेजका आधारमा मोटरसाईकलको पहिचान गरेको थियो।

सन्तोषले चढ्ने बा ४७ प ११३१ नम्बरको नीलो मोटरसाईकलको नम्बर खुलेको थिएन। तर घटनामा देखिएको मोटरसाईकलको अगाडि र पछाडि रातो रंगको स्टिकर थियो। यही आधारमा मोटरसाईकल खोज्न सुराकी परिचालन भएका थिए।

अपराध महाशाखालाई बिहीबार अपरान्ह खोजीमा रहेको मोटरसाईकल महाराजगञ्जमा रहेको सूचना आएको थियो। प्रहरी वृत्त महाराजगञ्जको टोली महाशाखाको सूचना अनुसार रातिसम्म मोटरसाईकल पर्खिएर बस्यो।
सन्तोष राति करिव १० बजे करिब मोटरसाईकल लिन आए। त्यसैक्रममा पछि प्रहरीले उनलाई पक्राउ गर्यो।

प्रहरीले नियन्त्रणमा लिएपछि सन्तोषले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै बयान दिएका छन्। महाशाखाबाट डिएसपी रुगम कुँवर र दुर्गा दाहाल र परिसरबाट होविन्द्र बोगटीको टोलीले सन्तोषलाई पक्राउ गर्न सफलता पाएको हो।

असार १३, २०७६ शुक्रबार ८:५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .