दाङमा क्रियाशील विभिन्न चार पत्रकार संगठनले नेपाल पत्रकार महासंघ दाङ शाखाले नयाँ सदस्यता सिफारिस गर्दा दलीय भागबण्डाको आधारमा गरेको आरोप लगाएका छन् ।
प्रगतिशील पत्रकार संघ, नेपाल, जनपत्रकार संगठन नेपाल, समाजवादी प्रेस संगठन नेपाल र क्रान्तिकारी पत्रकार महासंघ दाङले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो आरोप लगाएका हुन् ।
उनीहरुले महासंघ दाङ शाखाले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र निकट पत्रकारहरुलाई दलीय भागबन्डाको आधारमा सदस्यता सिफारिस गरिएको आरोप लगाएका छन्।
‘महासंघ दाङ शाखाले औपचारिक छलफल, निर्णय गर्दा जिल्लामा क्रियाशील सबै संगठनलाई सहभागी नबनाई कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी केन्द्र निकट प्रेस सेन्टरको दलीय सिन्डिकेट अन्त्य गरी पत्रकार महासंघलाई सबैको साझा संस्था बनाउन अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।
उनीहरुले महासंघले सदस्यता छनौटको उक्त निर्णय तत्काल सच्याई महासंघमा सबै क्रियाशील संघ र संगठनको साझा प्रतिनिधित्वको सुनिश्चितता नगरे महासंघ दाङ शाखाको विरुद्ध अनिश्चितकालिन तालबन्दीसम्मको संघर्ष गर्ने चेतावनी समेत दिएका छन्।
Shares

प्रतिक्रिया