ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गर्ने एक जनलाई प्रहरीले पक्राउ गरेको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी हवल्दारलाई स्थानीय २७ वर्षीय प्रकाश केसीले कुटपिट तथा हातपात गरेका थिए।
क्त ठाउँमा चेकजाँच गर्ने क्रममा क प्र ०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले एक्कासि हातपात तथा कुटपिट गरेका थिए।
आक्रमण गर्ने केसीलाई मोटरसाइकलसहित मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
बाँकी ३ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ।
36
Shares

प्रतिक्रिया