ad ad

समाज


भारतको नागरिकता नत्यागी नेपाली नागरिकता लिने उपमेयर पक्राउ

भारतको नागरिकता नत्यागी नेपाली नागरिकता लिने उपमेयर पक्राउ

डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव


नेपालखबर
असार २०, २०८० बुधबार २१:१२, काठमाडौँ

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ। 

भारतको नागरिकता नत्यागी नेपाली नागरिकता लिएको पाइएपछि प्रहरी उनलाई बुधबार पक्राउ गरेको सप्तरीका सूचना अधिकारी एसपी नरेन्द्र कार्कीले जानकारी दिए। अहिले उनलाई हिरासतमा राखिएको छ।

उनको भारतीय मतदाता परिचयपत्र र आधारकार्ड पनि फेला परेको छ। उनी गतवर्ष भएको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन्।

उनका पति महेन्द्र यादव भारतीय हुन्। उपमेयर यादवको माइती भने डाक्नेश्वरी नगरपालिकामै पर्छ।

भारतीय नागरिकसँग विवाह गरेपछि उनले भारतीय मतदाता पत्र र आधारकार्ड लिएपनि पछि पुनः नेपाली नागरिकता लिएकी थिइन्। उनले ०६४ साउनमा नेपाली नागरिकता लिएको खुलेको छ।

उनका पतिको पनि दोहोरो नागरिकता रहेको उजुरी परेको छ। उनी भने हाल फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .