ad ad

समाज


दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

नेपालखबर
असार १६, २०८० शनिबार २०:८, काठमाडौँ

दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ।

पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा-७ पुल्तोला अछाम हाल घोराही–१७  मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा–३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ।

‘तिमीहरू कामी रहेछौँ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन। तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो’, पीडित महेन्द्र विककी श्रीमती शान्ति विकले भने।

सोही घरमा परियारसंग तीन जना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे। शुक्रबार साँझ नै घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ।

प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ।

घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार संघ दाङलगायत विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन्। साथै दोषीमाथि कारबाहीको माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .