ad ad

समाज


जनस्वास्थ्य अधिकृतको अवैध कमाइ एक करोड ३० लाख

जनस्वास्थ्य अधिकृतको अवैध कमाइ एक करोड ३० लाख

नेपालखबर
असार १२, २०८० मंगलबार १४:८, काठमाडौँ

सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षक/अधिकृत कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

हाल जनस्वास्थ्य निरीक्षक/अधिकृत सातौं तहका मिश्र उपर बिगो रु १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रले सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले सो रकमको स्रोत खुलाउन नसकेका हुन्।

मिश्रले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५७ असार ८ गतेदेखि मिति २०७८ कात्तिक २६ सम्मको अवधिमा एक करोड १३ लाख ४५ हजार ८०५ रुपैयाँ ४३ पैसा आय प्राप्त गरेको र दुई करोड ४३ लाख ९१ हजार ५६५ रुपैंयाँ ७२ पैसा खर्च तथा लगानी गरेको देखिन्छ। व्ययको तुलनामा उनले एक करोड ३० लाख ४५ हजार ७६० रूपैयाँ २९ पैसा बराबरको सम्पत्तिको वैधानिक स्रोत खुल्न नआएको अख्तियारले जनाएको छ।

अख्तियारले अधिकृत मिश्र तथा उनकी पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माविरुद्ध (सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र) आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .