ad ad

समाज


सडकमा फ्याँकियो कालिमाटी तरकारी बजारको टमाटर

कृषिमन्त्रीको राजीनामा माग, सरकार रमिते बनेको आरोप
सडकमा फ्याँकियो कालिमाटी तरकारी बजारको टमाटर

सडकमा फ्याकिएको टमाटर। तस्बिर : गोविन्द कुँवर


नेपालखबर
असार ३, २०८० आइतबार ११:३७, काठमाडौँ

भारतबाट आयातित तरकारीका कारण स्वदेशी उत्पादनले उचित भाउ पाउन नसकेको गुनासो गरिरहेका किसान र विक्रेताले कालिमाटी तरकारी बजारबाट टमाटर सडकमा फ्याकेका छन्। 

कालिमाटी तरकारी बजारका विक्रेताहरुले टमाटरसहितका नेपाली तरकारीले भाउ नपाएको भन्दै सडकमा पोखेका हुन्। 

आइतबार बिहान कालीमाटी बजारमा विरोध प्रदर्शनका क्रममा उनीहरुले बजार क्षेत्रदेखि सडकसम्मै टमाटर पोखे। 

किसानहरुले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा पनि मागेका छन्। उनीहरूले सरकारले भारतीय तरकारीलाई प्राथमिकतामा राखेको पनि आरोप लगाएका छन्। 
भारतीय तरकारीले स्वदेशी उत्पादन मारमा परेको, नेपाली किसानको उत्पादन बिक्री नभएको र सरकार पनि रमिते भएको गुनासोसहित उनीहरुले विरोध जनाएका हुन्। 

नेपालमा उत्पादित तरकारीबाट लागत मूल्य उठाउन पनि गाह्रो भएको किसान र बिक्रेताको गुनासो छ। किसानले टमाटर सडकमा पोखेपछि त्यसलाई हटाउन डोजर नै लगाइएको छ।

 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .