भारतबाट आयातित तरकारीका कारण स्वदेशी उत्पादनले उचित भाउ पाउन नसकेको गुनासो गरिरहेका किसान र विक्रेताले कालिमाटी तरकारी बजारबाट टमाटर सडकमा फ्याकेका छन्।
कालिमाटी तरकारी बजारका विक्रेताहरुले टमाटरसहितका नेपाली तरकारीले भाउ नपाएको भन्दै सडकमा पोखेका हुन्।
आइतबार बिहान कालीमाटी बजारमा विरोध प्रदर्शनका क्रममा उनीहरुले बजार क्षेत्रदेखि सडकसम्मै टमाटर पोखे।
सडकमा फ्याँकियो कालिमाटी तरकारी बजारको टमाटर
किसानहरुले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा पनि मागेका छन्। उनीहरूले सरकारले भारतीय तरकारीलाई प्राथमिकतामा राखेको पनि आरोप लगाएका छन्।
नेपालमा उत्पादित तरकारीबाट लागत मूल्य उठाउन पनि गाह्रो भएको किसान र बिक्रेताको गुनासो छ। किसानले टमाटर सडकमा पोखेपछि त्यसलाई हटाउन डोजर नै लगाइएको छ।








Shares

प्रतिक्रिया