ad ad

समाज


मेलम्चीमा बन्ने भयो पक्की पुल, ५ करोड बजेट विनियोजन

मेलम्चीमा बन्ने भयो पक्की पुल, ५ करोड बजेट विनियोजन

नेपालखबर
असार १, २०८० शुक्रबार १९:५५, काठमाडौँ

सिन्धुपाल्चोकको मेलम्चीमा पक्की पुल बन्ने भएको छ। मेलम्चीबाट इन्द्रावती गाउँपालिकाको शिखरपुर जोड्ने पक्की पुल निर्माणका लागि बागमती प्रदेश सरकारबाट शुक्रबार बजेट विनियोजन भएको छ। 

प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामाले प्रस्तुत गरेको बजेटमा मेलम्चीमा पक्की पुल निर्माणका लागि ५ करोड बजेट विनियोजन भएको हो। 

सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य तथा भौतिक पूर्वाधार मन्त्री युवराज दुलालको पहलमा मेलम्चीमा पुल निर्माणका लागि बजेट विनियोजन भएको हो। 

गतवर्ष आएको मेलम्चीको बाढीले पुल क्षत विक्षत भएपछि स्थानीयहरू समस्यामा परेका थिए। शिखरपुरसहितका भूभाग समेट्ने सो पुल निर्माण हुने भएसँगै स्थानीयहरू उत्साहित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .